कपिलवस्तु१६ बैशाख,।कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ मा रहेको कृष्णनगर हेल्थ पोष्टको सभाहलमा युनिसेफ नेपालको सहयोग तथा कृष्णनगर नगरपालिकाको आयोजनामा बालविवाह र लैंगिक हिंसा निवारणका लागी प्रहरीको समुदायमा पहुच बृद्धिका उपायहरू सम्बंधि क्षमता अभिवृद्धि एक दिने कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा बीस जना प्रहरीहरूको सहभागिता रहेको थियो l कार्यक्रम संचालन तथा अन्य व्यवस्थापनको भूमिका कृष्णनगर नगरपालिका महिला तथा बाल बालिका शाखा प्रमुख थुमा देवी उपाध्याय रहेकी थिइन् l