सप्तरी ८ बैशाख। सप्तरीमा विवाहको लागि लगाइएको टेण्ट खोल्ने क्रममा करेन्ट लागेर विहिवार एक युवकको मृत्यु भएको छ ।
जिल्लाको छिन्नमस्ता गाउँपालिका ३ सखडा स्थित सुरेन्द्र मण्डलकाे छाेरीकाे बिहेमा लगाईइकाे टेन्ट खाेल्ने क्रममा राजविराज नगरपालिका–१४ पर्साही घर भई हाल छिन्नमस्ता ६ खुदिबखारीमा अस्थायी रुपमा बसाेबास गर्दै आएका इनरदेव मण्डलकाे १९ वर्षीय छाेरा शत्रुधन मण्डललाई करेन्ट लागेको थियो ।
गाउँकै जिबछ साहकाे टेन्टमा लेवरकाे काम गर्दै आएको मण्डल करेन्ट लागेर सिकिस्त बनेपछि उपचारको लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीयले जानकारी दिए ।
मृत्यु पश्चात् छिन्नमस्ता अस्पताल बाट पाेष्टमार्टमकाे लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अञ्चल अस्पताल लगेकाे र घटनाबारे थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी सप्तरीले जनाएको छ ।