महेश सिंह सिरहा लहान २८ पुष – लहानमा जन्मिनु भएका युवा महेश चौधरीले वृद्धहरुको सहारा बन्दै आएका छन्। सिरहाको लहान नगरपालिका वडा नम्बर १३ गणेशपुरमा स्वर्गीय संगिता स्मृति प्रतिषठानको अध्यक्ष महेश चौधरीले १५ जना ब्योवृद्ध, एकल महिला,अपाङ्ग,असहाय,अति बिपन्न परिवारलाई कम्बल बाडेका छन्।
प्रतिषठानको नियमित मासिक कार्यक्रम अन्तरगत उनले समस्या हर्न नसकिदा चौधरीले गणेशपुरका १५ घर धुरीका वृद्धमहिलाहरुलाई कम्बल वितरण गरेका काङ्ग्रेस नेता तथा समाजसेवी श्रीराम राउतले जानकारी दिनु भयो।
स्वर्गीय संगिता स्मृति प्रतिषठानको अध्यक्ष महेश चौधरीका अनुसार आफू बाचुन जेल सम्म समाजसेवामा लागी रहने र आफू लहानको मेयरमा निर्बाचित भए पछी वृद्धहरुलाई घरमै वृद्ध भत्ता उपलब्ध गराउने प्रतिबधता जानाएका थिए।
समाजसेवी चौधरी समाज सेवा गर्दै जादा निकै चर्चित भएका छन्।स्थानीयको अनुसार लहान नगरपालिका बाट कुनै किसिमको सहयोगको हाल सम्म नभएको बताए। स्थानीय सरकारबाट कुनै किसिमको अपेक्षा नगरे पनि हुन्छ दु:ख ब्यक्त गरेका थिए।