शम्भु चौधरी लहान १४ र्मसिर । साना किसान कृषि सहकारी संस्था लि. भवानिपुर प्रध धनगडीमाई नपा १ सिरहालाई सोहि वडाका रामबाबु महतोले करिब १० लाख पर्ने २ कठ्ठा जग्गा अनुदानमा दिएको छ ।
साविक भवानिपुर प्रधका सम्पुर्ण शेयर धनिहरुलाई सर्वसुलभ तरिकाबाट पहुच होस भन्ने उदेश्यले सो जग्गा अनुदानमा दिएको हो । सहकारीको १२ औँ वार्षिक साधारण सभा कार्यक्र्रममा महतोले सो जग्गा दिने घोषना गरेको हो ।
जग्गा बाखर भवानिपुर जाने सडक खण्ड अन्तर्गत १२ कठ्ठाको क्षेत्रफल मध्ये पश्चिम तर्फबाट २ कठ्ठा जग्गा निस्वार्थ भावनाले सहकारीलाई दिएको महतोले बताए ।
महतो सहकारी संस्थाको लेखा संयोजक पदमा कार्यरत रहेका छन् ।