दोहा ४ कतार । कतारका लागि नेपाली राजदुत डा. नारदनाथ भारद्वाज आफ्नो कार्यकाल पूरा गरि हिजो मंगलबार नेपाल फर्कनु भएको छ।
दुई वर्षे कार्यकाल सकाएर फर्कनु भएका राजदूत भारद्वाजलाई दूतावासको तर्फबाट गएको सोमबार एक संक्षिप्त्त कार्यक्रमको आयोजना गरि बिदाई गरिएको थियो ।
उक्त कार्यक्रममा नियोग उप प्रमुख लक्षण खनाल तथा अन्य कुट्नितिक एवम स्थानीय कर्मचारीहरुले वहाँको अगामी जिवनको लागि शुभकामना व्यक्त गर्नु भएको थियोे ।
पुर्व प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलिको सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय संगै राजदूत भारद्वाजको कार्यकाल सकिएको थियो।