महेश सिंह लहान १ कार्तिक । पुरानो एमालेको गठ भनेर चिनिने सिरहाको सखुवानान्कारकट्टी गाउँपालीका वडा नम्बर १ लतियाहीमा नेपाल कम्युनिस्ट पार्टी एमाले परित्याग गरी दर्जनौं नेता कार्यकर्ता जनता समाजवादी पार्टी नेपालमा प्रवेश गरेको छ।
स्थानीय जसपाका युवा नेता तथा वडा नम्बर १ का अध्यक्ष जामुन प्रसाद यादवको अध्यक्षतामा बैठक बसी जसपामा नेता र कार्यकर्ता प्रवेश गराउने निर्णय गरेका थिए।
जसपा नेपालका युवा नेता दिपेश यादवको नेतृत्व समेत रहेको उक्त कार्यक्रम सफल भएको बताए।नव प्रवेसी नेता कार्यकर्ताहरुले जसपा नेपालको सदस्यता पाउदै खुशी व्यक्त गरेका थिए। मधेसमा विभिन्न पार्टी प्रत्याग गरि जसपा नेपालमा पार्टी प्रवेश गर्नेको लहर नै चलेको देखिन्छ।
मधेसको पहिलो पार्टी बन्दै जसपा नेपाल युवा नेता दिपेश यादवले जानकारी दिनु भयो।
ओपेन्द्र यादव नेतृत्वको जसपा नेपाल छोटाे समयमा मधेसमा अरु पार्टी भन्दा निकै मजबुत हुने गरेका छन् ।