५ असोज – आफ्नो पतिलाई मार्न सुपारी दिएको आरोपमा प्रहरीले सिरहा गोलबाजर नगरपालिका ४ निपनियाँकी हरिहरदेवी महरालाई पक्राउ गरेको छ । ४० वर्षीय दुखरण महराको हत्यामा मुख्य योजनाकार रहेको भन्दै प्रहरीले उनलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी कार्यलाय सिरहाका अनुसार उपचारको बहानामा दुखरणलाई भारतको जयनगर पु–याई हरिहरदेवीले भारतीय नागरिक मुकेश यादव समूहलाई ६० हजार रकमको सुपारी दिएकी थिइन् । प्रवक्ता डिएसपी सुवास बुढाथोकीले हरिहरदेवीलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसन्धान भइरहेको छ ।
दुखरणको शव विहारको मधुवनी जिल्ला अन्तर्गत जयनगर बजार नजिकै गत भदौ १९ गते फेला परेको थियो । महराको शव धारिलो हतियारले घाँटी रेटिएको र शरीरको विभिन्न भागमा चोट पटक लागेको अवस्थामा फेला परेको थियो ।