धर्मेन्द्र कुमार कुर्मी विजयनगर ४ असाेज । कृष्णनगर नगरपालिका वडा १२ हरिगवां गाउ नजिकका पाेखरीमा डुबेर एकजनाको मृत्यु भएकाे छ ।
लगभग ५५ बर्षिय स्थानिय राम सेवक यादव पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएकाे छ । प्रत्यक्षदर्शीका अनुसार बिहान करिब ८ बजे काम विशेष घरबाट निस्केका यादवकाे खाेजी गर्दा सांझ नजिककाे पाेखरीमा मृत अवस्थामा फेला परेको छ ।
मृतक यादवकाे शव पाेष्टमार्टमका लागि शिवराज अस्पताल बहादुरगंज पुर्याइएकाे छ ।