पर्सा, २ असोज ÷ शान्ति सुरक्षाको साथ साथै नेपाली जनताको जिउधनको ग्यारेन्टी लिने नेपाल प्रहरीले नै स्थानीय वासिन्दालाई धमकाउन थालेपछि स्थानीयहरु त्रसितमा बस्न बाध्य भएका छन । राणाशाही काल झै नेपाली जनतालाई आफ्नो गुलामीको जंजिरमा बांधन लागि परेका केही भ्रष्ट प्रहरीले गर्दा सम्पूर्ण पर्सा प्रहरीको बदनाम हुने गरेको एक घटनाले प्रमाणित समेत गरेको छ ।
प्रहरी चौकी अमरपटीमा कमाण्ड सम्भालेका प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंह आए दिनदेखि नै स्थानीय जनताको सुरक्षा गर्नुको साटो आफ्नो वर्दी र पावरको धाक देखाउदै स्थानीयलाई डराउदै धमकाउदै आएको स्थानीयहरुले बताएका छन । स्थानीयहरुका अनुसार प्रति दिन साझ मदिरामा धुत रहेका प्रहरी सहायक निरीक्षक सिंहले आफ्नो क्षेत्रमा गस्ति गर्दा समेत स्थानीय जनतालाई डराउदै धम्काउदै अपशब्द प्रयोग गर्दै हिडने गरेको बताए । आफु जिल्ला प्रहरी कार्यालय पर्साको क्राइम शाखाबाट आएको धाक धम्की दिदै स्थानीयलाई त्रसित बनाउने कार्य गर्दै आएको स्थानीय जनताको दुखेसो छ ।
क्राइम शाखाको नाम लिदै अमरपटी नाकाबाट व्यापक रुपमा तस्करीको लाइन सुचारु गरेका छन । आफुहरु घर बाहिर भएको बेला स्कटिङमा समेत हिडने प्रहरी सहायक निरीक्षक सिंहले आफुहरुलाई डराई धमकाई भगाउने गरेको बताए । सुरक्षाकर्मी आफ्नो जनताको पक्षमा हिडनु पर्ने ठाउमा तस्कर संगठनको इशारामा हिडदा पर्सा प्रहरी के कति इमान्दार रहेको बिषय छर्लङ भएको स्थानीयले दुखेसो पोखे । स्थानीयहरुले जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे एक असल प्रहरी उपरीक्षकको रुपमा चिनिएपनि यस्ता गतिविधिलाई बढावा दिने केही भ्रष्ट प्रहरीले गर्दा उनको नाम बदनाम हुन थालिएको बताएका छन ।
यस्ता गैर जिम्मेवार तरिकाले कार्य गर्ने प्रहरी सहायक निरीक्षक बृजकिसोर सिंह जस्ता भ्रष्ट प्रहरीलाई प्रहरी उपरीक्षक पाण्डेले समयमै लगाम नलगाए आउने दिनमा प्रहरी उपरीक्षकको नाम समेत बदनाम हुन बेर नलाग्ने बताए ।