रोहित कुमार मण्डल कदमाहा सप्तरी २७ भदौ । कोरोना भाइरस अर्थात कोभिड –१९को सम्भावित जाखिमबाट सुरक्षित हुन स्थानिय तहले देखाएकाएको तदारुकता र सक्रिययताबाट जनताले नजिकको सरकारको अनुभुति गर्न थालेका छन् ।
स्रोत र साधनको उच्चतम प्रयोग गरी घरमै नागरिकका अपेक्षा पूरा गर्ने कार्यमा कोरोना रोकथाम र नियन्त्रण कार्यमा स्थानिय सरकारले सक्रियता देखाएपछि नागरिकले यसखालको अनुभुति गर्न थालेका हुन् । सप्तरीको सुरुङ्गा नगरपालिकाका नगर प्रमुख मुतिmनाथ चौधरीले कोरोना रोकथाम र नियन्त्रणमा स्थानिय तहले गरेको काम प्रशंसनिय भए पनि सो कुरा चर्चामा आउन नसकेको उनले बताए ।
उनले भने–स्थानिय तहले नागरिकको जन्मदेखि मृत्युसम्मको काममा सहजिकरण गरिरहेका छन् तर चर्चामा आउन सकेको छैन । सुरुङ्गा नगर पालिकाकाले ज्यालामजदुरी गरी जिवन यापन गर्दै आइरहेका विपप्पन परिवारलाई बेला बेलामा राहत सामग्री समेत वितरण गर्दै आएका छन् ।
स्थानिय तहको वित्तिय स्रोत र साधनको दायरा फाराकिलो हुनु र आफै कानुन बनाई कार्यान्वयन गर्ने अधिकार स्थानिय तहसंग भएकाले स्थानिय तहले अपेक्षाकृत काम गर्न सकेको सुरुङ्गा नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्रनाथ शर्माले बताए । उनले भने– साढे दुई दशक अघि २०५२ सालमा साविकका प्रत्येक गाविसलाई तिन⁄तिन लाख रुपियाँ प्रदान गरिन्थ्यो तर अहिले सो रकम बढाएर विभिन्न शिर्षकमा गरी न्यूतम १० करोडदेखि अधिकतम १ अर्ब १५ करोड रुपियाँसम्म स्थानिय तहलाई प्रदान गर्दै आएको छ ।
स्थानिय तहमा केहि प्रविधिक कर्मचारी बाहेक अन्य विषयगत कर्मचारीको पूर्ति प्रायः भइसकेको उप–नगर प्रमुख बिन्दा कुमारी पासवानले बताइन । कोरोना भाइरसबाट सिर्जित समस्याको समाधान गर्न सबै वडाले अग्रमोर्चामा काम गरेको वडा नम्बर– ७ का वडाअध्यक्ष शिवनारायण चौधरीको दाबि छ ।
कोरोना रोकथाम र नियन्त्रणका लागि सुरुङ्गा नगर पालिकाले अहिले शिक्षा, स्वास्थ ,खानेपानी,सरसफाई र समाजिक विकासका क्षेत्रमा सुधारका काम गर्दै आएको नगर प्रमुख मुतिmनाथ चौधरीले बताए । कोरोना भाइरसबाट बच्न सचेतनामूलक कार्यक्रमलाई अभियानका रुपमा चलाउदै आएको उनले बताए । उनले भने–विकास निमार्ण र सुशासनमा सकारात्मक प्रतिस्पर्धा भएको छ ।
वित्तीय स्रोत साधनलाई मजबुत गर्न आन्तरिक रुपमा नीति निमार्ण गर्ने काम समेत भइरहेको छ ।