बिनाेद मण्डल सिरहा साउन ११ ।
सिरहाको साविक गाउँविकास समिति विष्णुपुरकटी ७ हाल धनगढीमाई नगरपालिका- १२ स्थित श्री तुल्सी राम सत्य भामा माध्यमिक विद्यालयमा आइतबार साईकल वितरण गरेको हो।
प्रदेश नं २का मुख्य मन्त्री कार्यालय अन्तर्गत बेटी बचाऊ बेटी पढाऊ कार्यक्रम अन्तर्गत यस विद्यालयको कक्षा ८ मा अध्यनरत ४३ छात्राहरुलाई साइकल वितरण गरिएको स्थानिय समाजसेवी तथा जसपाका नेता देवराज श्रेष्ठले जानकारी गराउनु भएको छ ।
उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानिय जनप्रतिनिधि लगायत वडा अध्यक्ष राजु श्रेष्ठसमेत उपस्थित भई साइकल वितरण गरिएको हो ।विद्यार्थीलाई साइकल वितरण कार्यक्रमले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने विद्यालयका प्रधानाध्यापक बलराम भक्त श्रेष्ठले जानकारी दिनुभयो ।