प्रदिप सिंह सिरहा २८ असार।ईलका प्रहरी कार्यलय गोलबजारले एक जना पुरुषलाई कटुवा पेस्तोल र गोली सहित पक्राउ गरेको हो।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत रहेको गोलबजार नगरपालिका वडा नम्बर ४ स्थित गोलबजार प्रहरीले मोटरसाइकल चेकजाँच गर्ने क्रममा ४ प ५४८४ नम्बरको मोटरसाइकलमा सवार रहेका लाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ।
मोटरसाइकल बाट एक पेस्तोल र ३ राउण्ड गोली सहित पक्राउ गरिएको हो। पक्राउ परेका पुरुष सिरहाको औरही नगरपालिका २ बस्ने सुजित कुमार यादव रहेका हो।
पक्राउ परेका यादबलाई इलाका प्रहरी कार्यालय गोलबजारमा राखी यस बारे थप अनुसन्धान अगाडि बढाउने बारे जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।