शम्भु चौधरी लहान १२ बैशाख । सिरहाको धनगडढीमाई नगरपालिका १ र ३ मेदनीपुर र तुलसीपुरमा पर्ने सरस्वती जलाधारलाई सौन्दर्यकरण गर्न स्थानिय युवाहरु जोड दिएका छन ।
प्रदेश सभा सदस्य लगनलाल चौधरीले दिएको संसदीय कोषको रकमबाट घाट निर्माणका कार्य सम्पन्न गरी अझ जलाधारलाई सौन्दर्यकरण गर्न युवाहरु कमर कसेका छन ।
लहान नगरपालिका धनगढीमाई नगरपालिक र लक्ष्मीपुर पतारी गाउँ पालिक अन्तर्गत कुनै धार्मिक(अक्ष्ठजाम, भागवत, पुजाआजा) कार्यको लागी कलस भर्ने र मुर्ति विसरजन ठाउँको रुपमा चर्चा बनेका सरस्वती जलाधारलाई सौन्दर्यकरण गर्न अति आवश्यक रहेको मेदनीपुर तुलसीपुर टोल सुधार समितिका अध्यक्ष नन्दीलाल चौधरीले बताए ।
धार्मिक दृष्टिकोणले मात्र नभई साविक तिन गाउँ विकास समिति भवानीपुर हनुमाननगर र बस्तीपुरको सिमा क्षेत्र ( सिमा संगम ) त्यही ठाउँमा भएको भौगोलिक दृष्टिकोणले पनि यो ठाउँ एकदम रमणिय रहेको स्थानिय दुखिलाल चौधरीले बताए । स्थानिय चौधरीका अनुसार यहाँ त्रिनेत्र महादेव मंन्दिर रहेकोले यहाँ प्रत्येक दिन श्रद्धालुहरु सरस्वती जलाधारमा स्नान गरी त्रिदेव महादेव मंन्दिरमा जल चढाउने गर्दछन ।
अझ यसलाई सौन्दर्यकरण गर्न यस सुधार समिति मार्फत सम्बिन्धित वडा कार्यालय र स्थानिय सरकारसंग सहयोग माग गरेका छन ।