लुटपाट सहित दुव्र्यवहारमा परेकी राजोखरकी एक पीडित महिला भन्छिन,समाजिक न्याय त के भन्नु सुरक्षा दिने प्रहरी निकाय पनि न्याय दिन मौन छन
बैशाख २ गते मंगलबारको दिन थियो ।रातको पौने नौ बजिरहेको थियो ।खाना खाएर सुत्न गइरहेकी थिए ।गाउँकै मातेको एक युबाहरुको समूह मेरो घरमा प्रवेश गरे ।उनिहरु मेरो ससुरा,सासूलाई कुटपिट गर्दै म सुतिरहेकी बेला मेरो हात तानतुन गर्दै घरमा रहेको दराज तोड्दै नगाद सहित गरगहनाका समानहरु लुटेर लगेको बताइन् ।उनले भनिन,एक महिना बिहेको नभएको छ।
माइतिबाट बिहेमा दिएको सबै गरगहना लुटेर लेगनुको साथै आफू दुव्र्यवहारमा पनि परेकोतिनले बताइन। आफ्नै गाउँकै एक युबा लुटेराहरुको समुहले लुटेर लगेको चिनी सके पछि ससुरा जसलाल यादवले जिल्ला प्रहरी सिरहामा लुटपिट डाँका मुदा समेत दरखास्त गरे।तर दर्खास्त गरेको केही दिन बितिसक्दा पनि समाजका जनप्रतिनिधि देखि लिएर सरोकाबला प्रहरी निकाय समेत न्याय गर्न पंछिदै जिम्मेवारी बहन गर्न मौन रहेको बताइन।
पिडित महिला भन्छीन,सुन्छु महिला हक अधिकार सुरक्षाको लागि कडा कानुन आएको छ,महिला निगरानी तथा संजाल हरु छन तर आफू अन्यायमा परेपछी किन समाजका दुई चार अगुवाहरू मुदा मिलाउन दबाब दिएको छ।प्रहरी निकायमा दिएको मुदा किन समाजमै मिलाउन बाध्य बनाउन उनीहरुको प्रयत्न जारी रहेको बताइन् । तिनले,दुस्खद घडिमा साथ दिने को रुप्रहरी निकाय पनि मौन छन।