काठमाडौं : नेपाल, नेदरल्यान्ड र मलेसिया सम्मिलित त्रिदेशीय टी–२० क्रिकेट सिरिज अन्तर्गत आज नेपाल र मलेसिया भिड्दैछन् । त्रिवि त्रिकेट मैदानमा हुने खेल दुबै टिमको दोस्रो खेल हो ।
यसअघि दुबै टोलीले नेदरल्यान्डविरुद्ध खेलिसकेका छन् । जसमा नेपालले नेदरल्यान्डमाथि ९ विकेटको शानदार जित दर्ता गरेको थियो भने मलेसिया १५ रनले पराजित हुन पुगेको थियो ।
डबल राउन्ड रोबिनका आधारमा शीर्ष दुई टोलीले फाइनल खेल्ने सिरिजमा नेपालविरुद्ध जित निकाल्दै मलेसिया फाइनलका लागि आधार तयार गर्न चाहन्छ । त्यस्तै नेपालले पनि मलेसियालाई घरेलु मैदानमा पराजित गर्दै फाइनलको यात्रा सजिलो बनाउन चाहन्छ ।
यसअघि डेब्यु खेलमा उत्कृष्ट ब्याटिङ गरेका कुशल भुर्तेल र आशिफ शेखको ओपनिङ जोडीले मलेसियाविरुद्ध पनि सोही लय दोहो¥याउने आशा गरिएको छ । प्रतियोगिताकै बलियो मानिएको नेदरल्यान्डविरुद्ध कुशलले ६२ तथा आशिफले नटआउट ५४ रन बनाएका थिए ।
खेल दिउँसो १ : १५ बजे सुरु हुनेछ ।