उर्मिला यादव यात्री नवलपरासी चैत २६ गते।नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीको अध्यक्षमा पुनः हरी शर्मा बिजयी हुनु भएको छ । बुधबार भएको निर्वाचनको मतपरिणाम अनुसार शर्माले ४८ मत प्राप्त गर्दै आफ्ना चिरप्रतिद्वन्द्वी नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रिय सदस्य पुरुषोत्तम सुवेदीलाई ७ मतको अन्तरले पराजीत गर्नुभएको हो । भने प्रत्यासी सुवेदीले ४१ मत प्राप्त गर्नुभएको थियो ।यस्तै गरी उपाध्यक्षमा अनिल कुमार यादव, महिला उपाध्यक्षमा मालती न्यौपाने , सचिवमा राजकुमार रेश्मी , कोषाध्यक्षमा प्रकाश न्यौपाने सहसचिव खुलामा जीवन न्यौपाने, समाबेशी सहसचिवमा श्याम बुचा मगर निर्वाचित हुनु भएको छ । यस्तै गरी महिला सदस्यमा उर्मिला यादव निर्बिरोध हुनु भएको छ भने आदिवासी जनजाती सदस्यमा आरती राना, दलित सदस्यमा इन्दिरा वि.क., मधेशी सदस्यमा , अनिल यादव, निर्वाचित हुनु भएको छ । यस्तै गरी खुला सदस्यहरुमा गौरी शंकर जयसवाल , दिपक खनाल , बिकाश अधिकारी , पप्पु रेग्मी निर्वाचित हुनु भएको छ ।
यस्तै गरी राष्ट्रिय केन्द्रीय परिषद खुला सदस्यमा टिकाराम गैरे, राष्ट्रिय केन्द्रीय परिषद सदस्य समाबेशीमा संजय कर्ण , राष्ट्रिय केन्द्रीय परिषद महिला सदस्यमा कल्पना भट्टराई, प्रदेश परिषद सदस्यमा ताराचन्द्र वर्मा, लक्ष्मि हरिजन, खुलराज पौडेल निर्वाचित हुनु भएको छ । निर्वाचित सबै सदस्यहरुलाई विहिबार नै एक कार्यक्रमका बीच प्रमाण पत्र हस्तान्त्रण गरिएको छ । कार्यक्रममा प्रतिवद्धता मन्तव्य नव निर्वाचित अध्यक्ष हरि शर्मा र उहाको पत्यासी पुरुषोत्तम सुबेदीले गर्नु भएको थियो । यस्तै गरी शुभकामना मन्तव्य पूर्व सभापति केशव पराजुलीले व्यक्त गर्नुभएको थियो । पत्रकार महासंघ पश्चिम नवलपरासीको निर्वाचन आयुक्तको रुपमा कुल प्रसाद शर्मा, सदस्यहरुमा बाबुराम खड्का र धन शर्मा जैसी रहनुभएको थियो। निर्वाचित कार्य समितिको कार्यकाल तिन वर्षको हुनेछ ।