विसुन देव सरदारसिरहा लहान , चैत्र १५ । लहान सिटी जेसिजको १९ औं साधारणसभा एवंम अधिवेशन हिजो लहानको मारवाडी सेवा सदनमा सम्पन्न भएको जानकारी प्राप्त भएको छ।
साधारणसभा तथा अधिवेशन मा सर्वसम्मतिले वर्ष २०२१ को लागि अध्यक्ष पदमा जेसी अजय जयसवाल निर्विरोध चयन हुनु भएको छ। त्यसैगरी का. का. उपाध्यक्षमा कुमु चौधरी , मोनु साह , तालिम निर्देशकमा उमेश कुमार साह , महासचिवमा रञ्जु सिंह , खुश्वु दयाल क. सल्लाहकार , कोषाध्यक्षमा आशा यादव , उपाध्यक्षमा राधे सहनी , नवीन गोसाईँ स्वेयव साह , शाखा सम्पादकमा गौरव साह , सचिव प्रलाद साह , (एन . जी. अो. / आई एन जी अो) डाइरेक्टर रामबाबु ठाकुर लगायतका निर्विरोध चयन भएको खवर प्राप्त भएको छ।
कार्यक्रममा लहान सिटी जेसिजमा आवद्ध सम्पूर्ण सदस्य देखि वर्ष (२००२ – २०२०) सम्मको पुर्वाध्यक्षहरुको समेत उपस्थिति रहेको रामबाबु ठाकुरले बताए । कार्यक्रममा उल्लेखनीय सहभागीता रहेको थियोे ।