रोहित कुमार मण्डल लहान, १३ चैत्र । किसोर किसोरी विकासका लागि एकिकृत जिवन उपयोगि सिप सम्बन्धि पाँच दिने सहजकर्ता तालिम सिरहा लहान स्थित रहेको होटेल प्यासिफिकमा सम्मपन भएको छ ।
सबल नेपाल तथा सेभ द सप्तरीको संयुतm आयोजना र सेभ द चिल्ड्रेनको सहयोगमा समुन्नति कार्यक्रम अन्र्तगत भएको सो पाँच दिने तालिमको सहजिकरण सुलभ गिरीले गरेको आयोजक संस्था सबल नेपालका कार्यक्रम सुपरभाइजर असोक कुमार साहले जानकारी दिनुभयो । तालिमको समापन प्रमुख अथिति तथा आयोजक संस्था सबल नेपालका अध्यक्ष जुना गिरी गरेका थिए । तालिममा २४ जना सहजकर्ताहरुको सक्रिय सहभागिता रहेको कार्यक्रम सुपरभाइजर साहले जानकारी दिए ।
बाल अधिकार,बाल संरक्षण,बाल सहभागिता, लैगिक विभेद, तथा किसोर किसोरीको जिवन उपयोगि सेसन संचालन गर्न समक्षम बनाउनु तालिमको प्रमुख उदेश्य रहेको आयोजक संस्था सबल नेपालका अध्यक्ष जुना गिरीले तालिम समापन समारोहमा बताइन ।