शिवजी मण्डेल / चैत १२ बझाङ , जिल्लाको थलारा गाउँपालिकामा मर्यादित महिनावारी व्यवस्थापन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ
थलारा गाउँपालिकका आयोजनामा उक्त कार्यक्रम चैत ५ गते वडा नं १ बाट सञ्चालन गरिएको हो ।
चैत ५ गते थलारा गाउँपालिका वडा नं १ मा मर्यादित महिनावारी व्यवस्थापन सम्बन्धि जनचेतनामूलक एक दिने कार्यक्रम सञ्चालन गर्दै प्रशिक्षक बल बहादुर रोकायाले र थलारा गाउँपालिका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामाका का नायब सुब्बा गणेश राज जोशीले महिनावारीलाई कसरी व्यवस्थापन गर्ने समाज भएका कुरीति कुसंस्कार कु प्रथाको अन्त्य कसरी गर्ने भन्ने बारेमा वडाका जनप्रतिनिधि महिला स्वास्थ्य स्वयम सेविका आमा समुहका अध्यक्ष एवम् प्रतिनिधि महिला संजाल अध्यक्ष प्रतिनिधि किशोरीहरू तथा विद्यालयका छात्राहरू विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिहरू सँग जनचेतनामूलक मुलक अन्तरक्रिया गरिएको नायब सुब्बा जोशीले बताए ।
अहिले यो २१ औं शताब्दीमा आएर नकारात्मक क्रियाकलाप कुरीति कुसंस्कार छाउपडि मान्ने जस्ता कुप्रथा न्यूनीकरण नभएको भन्दै यसलाई व्यवस्थापन तथा न्यूनीकरण गर्नका लागि गाउँपालिकाले एक दिने मर्यादित महिनावारी व्यवस्थापन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सञ्चालनमा ल्याएको प्रशिक्षक रोकायाले बताउनुभयो।
यो एकदिने मर्यादित महिनावारी व्यवस्थापन सम्बन्धि जनचेतनामूलक कार्यक्रम थलारा गाउँपालिकाका ९ वटै वडामा गरिने भएको छ ।
अहिलेसम्म गाउँपालिकाका वडा नं ८ वटा वडामा कार्यक्रम गरिसकेको छ । जसअन्तर्गत चैत ५ गते वडा नं १ चैत ६ गते वडा २ चैत ७ गते वडा नं ४ चैत ८ गते वडा नं ३ चैत ९ गते वडा ९ चैत १० गते वडा नं ६ चैत ११ गते ५ र चैत १२ गते वडा नं ८ मा गरिएको हो । अब बाकी रहेको वडा ७ मा चैत १३ गते गर्ने र मर्यादित महिनावारी व्यवस्थापन सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न हुने नायब सुब्बा जोशीले बताए ।