लेखक✍️रमिला राई उदयपुर ११ चैत। तिनिहरुलाई आधि आएर फुल झारेको मनपर्छ ,। हेर नेपाल आमा उज्यालो लाई अन्धकारोमा निरलज भइ परिवर्तन गर्दैछ। एउटै फुल माथि पटक पटक हावाको झोका ठोकिन्छ, कठैबरा म एक्लै ति हावाको वेगलाई रोकने सपना देख्छु, ताकि भोलि मिठो सुगन्ध छरोस, अनि वासना।
म एउटा तसकरि बन्न पुगे जतिबेला म त्यो फुललाई विसुद्ध प्रेम गर्थे, अनि कसैले मलाई बदलामा सिकार गर्न खोजिरहेको थियो, प्रेम हराएको देशमा। थाहा हुनुपर्छ मान्छे ले मान्छेलाई कुल्चेर हिडने ति ब्याकक्ती मानवता हराएको मान्छे अस्तित्व हराएको मान्छे नेपाल आमा मानवता भएको भए आज तिमी किन बेचिन्न पुगथेउ ।
पख म तिमीलाई एउटा सपनाको कुरा बताउने छु,सेतो पहिरनमा थुप्रै बालिकाहरु अन्धकार भित्र चियाउदै भनिरहेको थियो पापी हरुले लुछेर फ्याँकिदिए ,बडो मस्तिका साथ नाचिरहेका छन् म निशब्द थिए, न्याय मरेको देशमा।
तर विडम्बना जब म बिउझिय टुलुटुलु भिटटा तिर हेरि रहे न त त्यो भिटटा ले किन हेरिस भनेर कहिल्य जवाफ दियो,न त यो देशको कानुन ले फुल्नै नपाई ति बालिकाहरु हरु लाई किन निमोठिस भनेर अपराधिलाई सजाय, आगोले झै पोलिरहेको मन झसक सम्झे ओहो यहाँ सबथोक बिकाउ भइसकेका देश हुन,अनि पुर्पुरोमा हात समाएर यो सब सोच्न बेकार छ।