विसुन देव सरदारसिरहा लहान , १० चैत्र। हिजो मार्च २२ अर्थात विश्व जल दिवस २०२१को अवसरमा जल संम्वाद कार्यक्रम धनुषाको कमला नगरपालिकाको सखुवा मरानमा सम्पन्न गरिएको खवर प्राप्त भएको छ।
जल सम्पदा कार्यक्रम कमला नदीको तटमा अवस्थित धनुषाको कमला नगरपालिका वडा नम्बर ५/६ को बिचमा श्री बिलट बौकु माध्यमिक विद्यालय ( प्रा. तथा सखुवा मरानमा कार्यक्रम सम्पन्न गरेको छ। यो सँगै सम्वाद कार्यक्रमको अध्यक्षता कमला अभियानका संयोजक विक्रम यादव तथा प्रमुख अतिथि कमला नगरपालिका मेयर रामउदगार गोइत , विशिष्ट अतिथि कार्यकारी अधिकृत विरेन्द्र सढानले गर्नुभएको थियोे ।
कमला वचाउका अभियानी राजकिशोर सल्हैता , सुरेन्द्र यादव , शम्भु कुमार यादव , शिक्षक राज बाबु साह , सुधिर कुमार महतो , भिगिन्द्र यादव , सुनिल मण्डल लगायत १०० औं जति विद्यार्थी समाजसेवीहरुको सहभागीता रहेको कमला वचाउ अभियानका संयोजक विक्रम यादवले बताए । जय कमला । जय विश्व जल/पानी दिवस ।