शम्भु चौधरी लहान १० चैत्र । नेपाल सरकारले गर्न लागी रहेको राष्ट्रिय जनगणना २०७८ को जिल्ला जनगणना कार्यालय सिरहा चार महिनाको लागी संचालन भएको छ ।
राट्रिष्य जनगणना २०७८ लाई सफल पार्ने उद्देश्यले जिल्ला स्थीत सो कार्यालय संचालनमा आएको हो । २०७८ बैशाख १ देखि स्थानीय तह जनगणना कार्यालय सिरहा जिल्ला स्थित लहान, सुखिपुर, भगवानपुर, मिर्चैया, गोलबजार र सिरहा गरि ६ ओटा स्थानीय तहमा एकै साथ संचालन हुन गइरहेको सिरहा जिल्ल जनगणना अधिकारी शंकर ठाकुरले बताए । स्थानीय तह जनगणना कार्यालय ३ महिनाका लागि संचालन हुनेछ ।
पात्रकार भेटमा अधिकारी ठाकुरले राष्ट्रिय जनगणना २०७८ को प्रदेश तथा जिल्ला जनगणना कार्यलयको कार्यतालिका सार्वजनिक गरेका हुन् । कार्यतालिका अनुसार २०७७ चैत्त १ गते बाट प्रदेश तथा जिल्ला जनगणना कार्यालय स्थापना गर्ने देखि लिएर २०७८ असार ३१ सम्म प्रदेश तथा जिल्ला जनगणना कार्यालय बन्द गर्ने सम्मको कार्यतालिकामा उल्ल्ेख भएको छ ।
देशको ७७ वटै जिल्लामा एकै साथ चैत्र १ गतेबाट जिल्ला जनगणना कार्यालय संचालनमा आएको छ ।