गरौं योग रहौं निरोग ” नाराका साथ धनगडीमाई ५ दिने योग शिविर सञ्चालनमा
नेपाल पोस्ट दैनिक
March 15, 2021
मा प्रकाशित
Spread the love
विसुन देव सरदार सिरहा / चैत्र २ गते सोमबार । ” गरौं योग रहौं निरोग ” नाराका साथ सिरहाको धनगडीमाई नगरपालिका वडा नम्बर १० को आयोजनामा ५ दिने योग शिविर सञ्चालनमा रहेको छ।
५ दिने जीवन बिज्ञान योग शिविरको प्रथम दिन चैत्र १ गते ” गरौं योग रहौं निरोग ” नाराका साथ समुदघाटन समारोह सम्पन्न भएका थियोे । उक्त योग शिविरको उदघाटन नेपाली काङ्ग्रेसका नेता रामचन्द्र यादवले गरेका थियोे ।
यो योग शिविर कार्यक्रम २०७७ चैत्र १ गतेदेखी २०७७ चैत्र ५ गतेसम्म जिरोमाईल विद्यालयको चौरमा बिहान ४:०० बजे देखी सञ्चालनमा रहेको छ।
विभिन्न ख्याती प्राप्त प्रशिक्षकहरु द्वारा योग गराइने , योग गर्ने तरिका सिकाउने साथै साधुसंतहरुलाई भजन संक्रितन गरिने नेपाली काङ्ग्रेस जिल्ला कार्य समिति सिरहाका सभापति एवंम पुर्व सांसद रामचन्द्र यादवले बताए ।
योगले जीवन दीर्घायु बनाउँछ , शारीरिक , मानसिक , सामाजिक रुपले शरीर दुरुस्त बनाउँछ , नयाँ जीवन रुपी नाकारात्मक भावनाहरुलाई हटाउँछ त्यसैले योग गर्नु राम्रो र अतिनै आवश्यक रहेको प्रशिक्षक बाबाहरुले भनेका छन। जय पतञ्जली । जय योग शिविर ।