रुकुम सोती घटनामा भएको जातीय नरसंहारको घटनामा हत्या भएको नवराज विक लगायत ६ जनाको न्यायका लागि सर्वोच्चमा चलिरहेको मुद्दाको अहिलेसम्म छिनोफानो भएको छैन ।
शुक्रबार पेसीमा चढेको मुद्दा फेरि सर्वोच्चले झारेको छ । यसको विरुद्धमा शुक्रबार काठमाडौंको माइती मण्डलामा दलित अगुवाहरुले विरोध प्रदर्शन गरेका छन् । विभिन्न दलित संगठनमा अावद्ध दलित अगुवाहरुको उपस्थित थियोे । राष्ट्रिय दलित मुक्ति जागरण अभियानका पूर्वी संयोजक राजेश विद्रोहीको प्रमुख अातिथ्यमा समापन सो कार्यक्रमको अध्यक्षता जागरण अभियानका पश्चिम संयोजक खगेन्द्र सुनारले गरेका थिए । विभिन्न दलित अगुवा तथा सांसदहरुले पनि अाफ्नो विचार राखेका थिए ।
लकडाउनमा मारिएका दलितहरुको परिवारले अहिलेसम्म न्याय नपाएको भन्दै वक्ताहरुले अाक्रोश व्यक्त गरेका थिए । लोकतान्त्रिक कानुनी राज्यमा दलितले न्याय नपाए अबको दलित अान्दोलन निर्णायक हुने सबै वक्ताहरुको एउटै स्वर थियो ।
त्यसैले सरकारले अबिम्ब पिडित परिवारलाई बिना हिच्किचाहट न्याय दिनुपर्ने र सर्वोच्चले न्याय दिने कुरामा विश्वस्त रहेको पनि वक्ताहरुले विश्वास व्यक्त गरेका थिए ।