रोहित कुमार मण्डल लहान, १३ फागुन । सप्तरीको सुरुङ्गा नगरपालिका– ५ कुशहा स्थित रहेको खेल मैदानमा बुधबारदेखि क्रिकेट म्याच सुरु भएको छ । रोयल युवा क्रिकेट क्लब कुशहा सप्तरीको अयोजनामा संचालित क्रिकेट म्याचमा सिरहा तथा सप्तरीको १६ वटा क्रिकेट टिमहरु सहभगी भएका छन् । खेलको उदघाट्न सुरुङ्गा नगरपालिकाको नगर प्रमुख मुतिmनाथ चौधरीले गरेका थिए ।
खेलको प्रथम तथा दृतिय पुरसकार स्थानिय समाज सेवी मोहम्द साबिर हुसेनले प्रथम पुरस्कार रु. ५१ ह्जार तथा द्धितिय पुरस्कार रु.३१ ह्जार प्रदान गरी सहयोग गरेका छन् । खेलको उदघाट्न सत्रमा स्वागत मन्तव्य राख्दै पुरस्कार सहयोगकर्ता मोहम्द सबिर हुसेनले भने – अगामी दिनमा समेत खेलाडीहरुको मनोवल बढाउन खेलकुदमा सहयोग गर्ने प्रतिवद्धता व्यतm गर्नुभयो ।
क्रिकेट म्याचको उदघाट््न सत्रमा मोहम्द कलामुद्धिन, छेदि चौधरी, मोहम्द सदाम हुसेन, लगायत वतmाहरुले खेलकुद प्रति आ –आफना धारणा राखेका थिए । यस्तै सुरुङ्गा नगरपालिका– ५ का वडा अध्यक्ष अरुहुलिया देवी पासवानले वडा कार्यलयले समेत अगामी दिनमा खेलकुदको लागि रकम विनियोजन गर्ने प्रतिवद्धता व्यतm गर्नुभयो ।