महेश सिंह सिरहा लहान १० माघ – सिरहाको लहानमा जनता समाज बादी पार्टी नेपाल महिला संघकी दुई दिने प्रशिक्षण कार्यक्रम लहान स्थित गोपाल सेवा समितिमा सम्पन्न भएको छ । प्रदेश नम्बर २ का सम्पुर्ण महिला संघकी नाताहरुले नेतृत्व बिकासका लागी तालीम लिएका हुन् ।
महिला संघकी अध्यक्ष संजिला यादवकी अध्यक्षतामा कार्यक्रम भएको थियो भने प्रमुख अतिथिमा जनता समाज बादी पार्टी नेपाल का केन्द्रिय अध्यक्ष ओपेन्द्र यादव रहनु भएको थियोे । अतिथिहरुमा पुर्व शिक्षा मन्त्री रेनु यादव ,प्रकाश् अधिकारी ,दुर्गा सोम,अर्थ मन्त्री बिजय कुमार यादव ,केन्द्रिय सदस्य निर्मला यादव ,उषा यादव ,मोनिका सिंह,सुनिता राम ,प्रदेश सांसद करिमा बेगम।प्रमिला सिंह महतो प्रदेश २ का प्रदेश कमिटी सदस्य ललिता दास बिद्रोही सहिदा खातुन , युवा नेता रामचलितर महतो ,बिना कुमारी शर्मा ,रिता साह लगायत हजारौं महिला नेतृहरुको प्रशिक्षण कार्यक्रममा सहभागि रहेको थियोे।
नेतृत्व गर्न प्रशिक्षणको महत्त्वपूर्ण भुमिका हुन्छ प्रमुख अतिथि ओपेन्द्र यादव ले भताउनु भयो।महिला नेतृहरुमा समेत प्रशिक्षणको खाचो रहेको बताउनु भयो। कार्यक्रममा प्रदेश कमिटी सदस्य सुजिता यादवले स्वागत मनतब्य राखेका थिए। समाज बादी महिला संघ प्रदेश न.२ ले कार्यक्रमको आयोजना गरेको थियोे। पार्टी अध्यक्ष ओपेन्द्र यादव र दुर्गा सोम ले प्रशिक्षण दिएका थिए ।