शम्भु चौधरी लहान १४ माघ । भवनी एकिकृत विकास केन्द्र धनगढीमाई नगरपालिका २ भवननीपुर सिरहाको बुधबार भएको निर्वाचनमा अध्यक्ष पदमा नयाँ नेतृत्वको साथ राजेश चौधरी निवाचित भएको छ ।
४४ मतका साथ राजेशले जित हात परेको छ भने वहाँको निकतम प्रतिद्धन्दि सुजित चौधरीले ४० मत पाएको थियो । राजेशले आफना प्यानल सहित जित हात पारेको अध्यक्ष चौधरीले बताए । उपाध्यक्षमा रेखा चौधरी, महासचिवमा रंजय साह,सचिवमा सकुन्लता साह र कोषाध्यक्षमा संगिता चौधरी चयन भएको छ ।
तिन सदस्य क्रमशः उतिमलाल भण्डारी,भगवानी चौधरी र सुरेश प्रकाश साह निर्विरोध सदस्य पदमा चयन भएको निर्वाचन समितकिा सदस्य हेम शंकर साहले बताए ।
यो मेरो जित नभई सम्पुर्ण सदस्यहरुको जित हो । म आफनो बुद्धि विवेकले भ्याए सम्म ईमानदारीका साथ सबै सदस्यहरुलाई साथमा लिई तथा पुराना अगरजहरुलाई पनि सर सल्लाह गरी अगाडी बढने अध्यक्ष चौधरी बताए ।
१ सय १२ जना सदस्य रहेको भवनीमा जम्मा ८४ सदस्यले मतदान गरेका थिए । मतदान समय विहान १० बजे देखि दिनको २ बजे सम्म रहेको निर्वाचन समितिका सदस्य साहले जानकारी दिएका छन ।