राजेन्द्र महतो सिराहा ९ माघ , सिराहाको कर्जन्हा नगरपालिका-२ मा ३दिन देखि जंगली हात्तीले आतंक मचाएको छ ।
कर्जन्हा नगरपालिका -२ बन्दिपुरमा जंगली हात्तीले स्थानीय २वटा घरहरू भत्काएपछि त्यहाका वासिन्दा आतंकित भएका हुन्। जंगली हात्तिले स्थानीय सुर्दशन काफ्ले , पुलामी कार्की को घर भत्काएको स्थानीय युवा नेता प्रकाश कोइराला ले बताए । स्थानीय पीडित परिवारहरुको घरमा रहेको खाद्यान्नयका सरस्मान नस्ट गरेको स्थानीय ले बताए ।
पछिल्लो ३ दिनले हात्ति गाउँ पसेपछि स्थानीय जागराम वस्न थालेका छन्। दिनभरी नजिकैको जंगलमा वस्ने र राति गाउँ पस्ने गरेको स्थानीयले बताए । सिराहाको धनगढी नगरपालिका , गोलबजार न- पा- र कर्जन्हा न- पा- का नजिकको गाउँहरुमा जंगली हाथीको आक्रमण बढेको छ।
कर्जन्हा नगरपालिका को बासिन्दा जंगली हात्तीको आक्रमण बाट पीडित छन कसैको बालीनाली नै नस्ट गरेको छ त कसैको घर भत्काएको छ।