बलान बिहुल गाउँपालिकामा,राष्ट्रिय परिचयपत्र बारे एकदिने अन्तरक्रिया
नेपाल पोस्ट दैनिक
January 16, 2021
मा प्रकाशित
Spread the love
विसुन देव सरदार सिरहा लहान , २ माघ। सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकाको कार्यालयमा एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बलान बिहुल गाउँपालिका अध्यक्ष दयान्नद गोइतको अध्यक्षतामा भएको थियो ।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिका उपाध्यक्ष रुवि गुप्ता , प्रमुख प्रशासकीय अधिकृत कुन्दन कुमार कर्ण , आईटी अफिसर सुरेन्द्र कुमार यादव , लेखा अधिकृत कमलेश कुमार साह , अोभरसियर श्रवण कुमार साह , सवअोभरसियर संतोष कुमार रजक , लगायत जिल्ला प्रशासन कार्यालय सप्तरीका पदाधिकारीहरुको उपस्थितिमा भएका थए।
साथै गाउँपालिकामा रहेका ६ वटै वडा अध्यक्षहरु १ नम्बर वडाका अध्यक्ष वैद्यनाथ यादव , २ नम्बर वडाका अध्यक्ष विरेन्द्र गोइत , ३ नम्बर वडाका अध्यक्ष कपलेश्वर मण्डल , ४ नम्बर वडाका अध्यक्ष मोहम्मद हंसु मियाँ , ५ नम्बर वडाका अध्यक्ष विन्देश्वर यादव , ६ नम्बर वडाका अध्यक्ष सुर्य कुमार दास। पशु संयोजक नथुनि मण्डल , कार्यालय सहयोगी ललित पासवान , योजना प्रमुख रमेश मरिक लगायत व्यक्तिहरुको उपस्थितिमा नेपाल राष्ट्रिय परिचयपत्र बारे अन्तरक्रिया एवंम छलफल भएको रेडियो सौगात ८८.१ मेघाहर्ज लहानका सहकर्मी मित्र रासिन्द्र यादवले जानकारी गराएका छन।