महेश सिंह सिरहा लहान २२ पौष – सिरहाको लहान ३ स्थित दिनाभद्रि फिल्म्स प्राेडक्सन प्रा. लि. को कार्यक्रम सम्पन्न भएको छ । दिनाभद्रि फिल्म्स प्राेडक्सन प्रा. लि को प्रोपराईतटर अध्यक्ष मुकेश लाल कर्ण को अध्यक्षतामा कार्यक्रम सुरु भएको थियोे भने प्रमुख अतिथिमा नेपाल पत्रकार महासंघ सिरहा शाखाको सभापति दिनेश्वर प्रसाद गुप्ताले भने अहिलेको हाम्रो समाज डिजिटल युगमा प्रवेश गरीसकेको छ ।
हाम्रो नेपाली समाजलाई सचेत गर्न चलचित्र कर्मि र पत्रकारहरुको भुमिका निकै नै रहेको बताए ।
बिशिस्ट अतिथि,पुर्ब शिक्षा मन्त्री चित्र लेखा यादव का अनुसार समाज परिवर्तन गर्न परिवारमा सांन्ति समाज परिवर्तनको हामी सबै सहयात्री हौं र समाज परिवर्तन हुन एक दम जरुरी मन्त्री यादवले बताउनु भयो।
कार्यक्रममा लक्षमि यादवले स्वागत मन्तव्य राखेका थिए भने अतिथिहरुमा शिला देबि यादव ,नेपाल मजदुर किसान पार्टीको जिल्ला अध्यक्ष बिजय महतो,नबराजपुर गाउँ पालिकाको उपाध्यक्ष सोभा देबि यादव , लहान नगर पालिका वडा नम्बर ३ का सदस्य बिष्णु महतो, पत्रकार महेश सिंह , संजय बिश्वकर्मा , सन्तोष यादव , अनु भक्त चौधरी , लगायत सयौं अतिथिहरुको उपस्ति रहेको थियोे ।
फिल्मको सम्पुर्ण आर्थिक सहयोग शिला देबि यादव की रहेको हो। आउने दिनमा डिजिटल लभ मैथिली फिल्म र मिस मधेस सौर्न्दर्यता हुने अध्यक्ष कर्णले बताएउनु भयो ।