शम्भु चौधरी लहान ८ पुस । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका १ पिप्रा प्र धमा संचालित रहेका लक्ष्मी हरवा चरवा बचत तथा ऋण सहकारी संस्था लि पिप्राको अध्यक्षमा आशा कुमारी मोचि चयन भएको छ ।
द फ्रिडम फण्डको सहयोग र भवानी एकिकृत विकास केन्द्र धनगढीमाई नगरपालिका २ भवानीपुरको सहयोगमा संचालित कार्यक्रममा सहकारीका कोषाध्यक्ष दुर्गा देवि मण्डलले आ व २०७६।७७ को ८ लाख ३१ हजार ७ सयको आय व्यय विवरण प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा केन्द्रका अध्यक्ष दिपेश कुमार चौधरी परियोजना संयोजक कलेश्वर साह, सुपरभाईजर ज्ञानदिप चौधरीको सहभागीता रहेको थियो ।
सभाबाट नयाँ संचालक समिति पनि चयन भएको छ । जसमा आशा कुमारी मोचि अध्यक्ष,बेचनी देवि साफी उपाध्ध्यक्ष, राजवति मण्डल सचिव र सदस्यहरुमा क्रमशःगुलजार देवि दास,कुमारी दास,कागती साफी, प्रयाग कुमारी मोचि रहेका छन । साथै लेखा समिति र ऋण समितिमा तिन तिन जना गरी २ वटा समिति चयन भएको परियोजना संयोजक साहले जानकारी दिएको छन ।
कार्यक्रम संचालन केन्द्रका समाजिक परिचालक हेम शंकर साहले गर्नु भएको थियो ।