शम्भु चौधरी लहान ३ पुस । सिरहाको धनगढीमाई नगरपालिका १ बाखर सनगोरामा संचालित प्रथम वडा अध्यक्ष फुटबल कप प्रतियोगिता २०७७ को दोस्रो दिनको खेलमा भोटियाटोलले शानदार जित निकालेको छ ।
भोटियाटोल र बरछवा बिच भएको खेलमा भोटियाटोल ४–१ गोलले विजय प्रप्त गरेको छ ।
बाखर सनगोरामा नयाँ बजार लगाउने उद्देश्यले संचालन भएको फुटबल खेल प्रत्येक हाटको दिन अर्थात सोमबार र बिहिबारको दिन खेल हुने बजार समितिका अध्यक्ष भोगेन्द्र यादवले बताए ।
अब आउदो विहिबार भदैया र पतारी बिचको खेल हुने आयोजक कमिटिका अध्यक्ष सुर्य नारायण महतोले जानकारी दिएका छन ।