विसुन देव सरदार २०,लहान लैङ्गिक हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवस १६ दिने अभियानको अबसरमा आयोजित लैङ्गिक नितिको आबस्यकता र जनप्रतिनिधिको प्रतिबद्धता बिषयक अन्तरक्रिया कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै बिष्णुपुर गाउँपालिका प्रमुख जागेश्वर यादबले महिला हिंसा न्युनिकरणमा काम गर्न जति पनि बजेट बिनियोजन गर्न तयार रहेको र सामाजिक सघ सस्थासग सहकार्य गरि पालिकामा आबश्यक पर्ने नीति तयार गरि कार्यान्वयन गर्ने प्रतिबद्धता गर्नु भएको थियो ।
महिला हिंसा न्युनिकरण गर्न बजेटको कमि हुन नदिने र लैङ्गिकसमानता नीति निर्माण सहित कार्यन्वयन गर्न प्रतिबद्ध भएको जनप्रतिनिधिको प्रतिबद्धताका साथ सो कार्यक्रम सम्पन्न भएको हो ।
वडा न १ का वडा अध्यक्ष गोपेश्वर यादबले महिला संजालको अगुवाइमा सचेतना मुलक काम गर्न रु दुइलाख एक हप्ता भित्र सहयोग गर्ने बताउनु भयो ।
कार्यक्रम ओरेक नेपाल र महिला हिंसा निगरानी समुह र बिस्णुपुर गाउँपालिकाको सहकार्यमा सम्पन्न भइको छ ।
महिला हिंसा निगरानी संजाल सवष्णुपुरकी अध्यक्ष बबिता मिश्रको अध्यक्षतामा सम्पान्न गरिएको थियो ।