धर्मेन्द्र पासमान सिरहा लहान ११ मंसिर – “उद्योग र रोजगार : समृद्धिको आधार” भन्ने मुल नाराका साथ घरेलु तथा साना उद्योग कार्यालय सिरहा, लहानले छैठौं उद्योग दिवस २०७७ मनाएका छन् ।
सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलको प्रमुख आतिथ्य तथा घरेलु तथा साना उद्योग कार्यालय सिरहा, लहानको कार्यालय प्रमुख, उद्योग अधिकृत दिपेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा शुभकामना मन्तव्य दिंदै प्रमुख अतिथि कणेलले भने- उद्योगको विकास बिना देश विकास असम्भव छ, हाम्रो देशमा साना तथा ठूला उद्योगीहरुले कर तिरेर ठूलो योगदान दिएको छ । हाम्रो देश कृषिप्रधान देश भएकोले सरकारले कृषि र पशुपालनमा बढावा दिन लगनशील कृशकहरुलाई ८० प्रतिशत सम्म अनुदान दिदै आएको छ ।
देश कोरोना भाइरस कोविड- १९ को महामारी फैलिएको बेला उद्योगहरुले बेरोजगारी युवाहरूलाई रोजगार दिएर काम गरेर हात मुख जोड्ने परिवारको घाउमा मलम लगाइ दिएको छ । यस्तो विषम परिस्थितिमा उद्योगीहरुको प्रशंसा समेत गरे ।
मन्तव्यको क्रममा आफ्नो अनुभव सुनाउदैं घरेलु तथा साना उद्योग कार्यालय सिरहा, लहानका कार्यालय प्रमुख, उद्योग अधिकृत यादवले भने- जागीरे सेवामा म सामान्य प्रशासन मन्त्रालयमा धेरै बसे । त्यसपछि स्थानीय निकायमा गएर काम गर्ने अवसर आए, र साथीहरूलाई भने केही गर्छु भने आफ्नै जिल्लामा गर्छु । ताकि मेरो आफ्नै ठाउँमा राम्रो वा नराम्रो मुल्यांकन होस । स्थानीयमा गएर सके जति राम्रै प्रयास गरे, र गरे पनि ।
पछी प्रदेशमा आए मलाई घरेलु तथा साना उद्योगको बारेमा थिएन । पछि पढ्दै गए यस्को क्षेत्र व्यापक रहेको थाहा पाए । गत आ. वमा कोरोनाले गर्दा कुनै काम गर्न सकिएन सबै बजेट फ्रीज भयो । यसपालि युवाहरूलाई रोजगार मुलक शिक्षा दिने योजना छ । जब सम्म रोजगार मुलक शिक्षा आउदैन तब सम्म समृद्ध समाज बन्दैन ।
अहिले प्राविधिक शिक्षामा सिटीइभिटीले तीन तह सम्मको प्रमाणपत्र दिदै आएको छ । हाम्रो योजना छ प्राविधिक शिक्षामा स्नातक / स्नातकोत्तरको पनि पढाइ होस् । पोखरा विश्वविद्यालयसंग कुरा चलिरहेको कुरा अधिकृत यादवले बताए ।
कार्यक्रममा उद्योगीहरूलाई कदर पत्र दोसल्ला ओढाएर सम्मानित समेत गरेका थिए।