धनुषा कार्तिक २५ – भाषा आयोग शंखमुल काठमाण्डौ को आयोजनामा भाषा अभिलेखिरण कार्य अन्तर्गत मगही भाषाको इतिहाँस लेखन कार्य सम्वन्धमा अनलाइन जुम गोष्ठी सम्पन्न भएको छ।
कार्यक्रम भाषा विज्ञ डा लभ देव अवस्थी को अध्यक्षतामा संपन्न भएको छ।उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मगही भाषा तराई मधेस मा बहुसंख्यक रूपमा बोल्दै आएपनि यस भाषाको विकास तथा संस्कृति संरक्षण हुन नसकेको मगही भाषा संस्त्री डा गोपाल ठाकुरले बताए।
गोष्ठीका उद्घोषक तथा लोपन्मुख भाषाका संयोजक भरत प्रसाद त्रिपाठीको अनुसार मगही भाषाको इतिहाँस लेखन कार्य मगही फाउन्डेसन को संयोजकत्वमा हुने र यही मङ्सिर महिनाको दोस्रो हप्ता सम्ममा कार्ययोजना बुझाउनु पर्ने उहाँले बताउनुभयो।
विश्वभरि फैलिएको कोविड१९ कोरोना भाइरसको महामारीले गर्दा यो कार्यक्रम अनलाइन जुम बाट भएको भाषा आयोगका उपकुलपति डा. जगमान गुरुङले बताउनु भयो। उहाँका अनुसार देशभरि रहेको राष्ट्र भाषाहरूको विकास गर्ने आयोगका कर्तव्य रहेकोले उहाले बताउनु भयो।
कार्यक्रममा मगही, गुरुङ, मगर लगायतका भाषाका भाषा विज्ञ हरुको उपस्थिति रहेको थियो। जसमा मगही भाषाका प्रवक्ता हरु मगहि भाषा इतिहास लेखन अनुसन्धाता बीर बहादुर महतो भाषा सस्त्री गोपाल ठाकुर, भरत प्रसाद महतो, विजय कुमार दास, भुवनेश्वर महतोको उपस्थिति रहेको थियो।