ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरी टोलिले चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा राखेको सेतो बोरा भित्र लुकाई छिपाई राखी ल्याउदै गरेको प्रतिवन्धत लागु औषध गाँजा सहित तामाङ्गलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी डिएसपी शालिग्राम शर्माले जानकारी दिए ।
प्क्राउ परेका तामाङ्गलाई इलाका प्रहरी कार्यालय लहानमा राखेर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
सिरहाको उत्तरी चुरे र उदयपुरमा उत्पादन हुने गाँजा यही बाटो हुँदै तस्करहरुले भारतसम्म पुर्याउने गरेको बताइन्छ ।