रामासंकर कुशवाहा बरियारपुर ७ कार्तिक।बारााक महागढीमाई नगरपालिका वार्ड नं १ (कचहरिया) टोल बस्ने जयचन्द्र राम चमारको छोरा वर्ष १५ को रिसाल राम चमार भन्ने युवक आज २०७७।०७।०७ गते बिहान ।
६:००को समयमा लिचीको बोटमा फासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको छ। टोलबाट पूर्व २०० मीटर टाढा रहेको लिचीको बोटमा फासो लगाई घरायसी बिबादका करण निजको मृत्यु भएको स्थानियहरूको भनाई रहेको छ बिहान खेत बारीमा काम गर्न जाने बटुवाहरूले सो ।
घटना हेर्दा मृतकको घर परिवारलाई जनकारी गराएको थियो। मृत्क फासो लगाएको घटनाको खबर प्रहरी चौकी बरियारपुरलाई स्थानिय बासीले फौनबाट जानकारी गराए पछि प्रहरी चौकी बरियारपुरका प्र. ना.नि प्रमोद कुमार साहको तिन जनाको टोली घटनास्थल पुगी सो घटनाको ।
बारेमा के -कसरी घटना घटेको हो, सो को सोधपुछ गरी उक्त घटना बारे जनकारी हामीलाई प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालय बाराको टोलीले घटनास्थल पुगी घटना बारे छानबीन गरी मुचुलका बनाई ।
मृत्कको शव पोस्टमार्टम गर्न जिल्ला अस्पताल बारा कलैया पठाईएको छ रिसालको मृत्यु के-कुन कराणले भएको हो , सो को बिशेष अनुसन्धान भईरहको प्रहरी चौकी बरियारपुरले जनाएको छ ।