युवा नेता गुप्ताको अनुसार पारस्परिक विश्वास, सम्मान र एकताले मात्र हामी समृद्धिको यात्रामा आगाडी बढ्न सक्छौ। उनले भने ‘एकातिर सबैको सामूहिक दायित्व इतिहास जोगाउन भएता पनि, यहां स्वाभिमान गुम्ने स्थितिको सामना हामीले गरिरहनु परेको छ ।’
राज्यका सबै संयन्त्रहरुको राजनीतिकरण भइरहेको असामान्य अवस्था यति बेला रहेको भन्दै यसरी राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होईन भने उनको भनाई रहेको थियो । पहूंच नभएका नेपालीले कूनै अवसर प्राप्त गर्न नसक्ने र स्वदेशमै पराया महशुस हुनु पर्ने जुन परिस्थिति बनाइएको छ त्यसको जिम्मेवारी सरकारले लिनुपर्ने नेता गुप्ताले बताएका छन ।
सन्देशमा उनले ईश्वरले सबैको रक्षा गरुन्, नेपालीबीचको आपसी प्रेम, सद्भाव र सम्मानको पूनर्जागरण होस् भन्ने कामना गरेका छन् ।