ना.५त १४ नम्बरको ट्याक्टरमा चेकजाच गर्ने क्रममा गाँजा बोकेर लैजाँदै गरेको अवस्थामा प्रहरीले एक सय किलो अवैध गाँजा बरामद गरेको प्रहरीले बताएका छन ।ईलाका प्रहरी कार्यालय मिर्चैया बाट खटिएको प्रहरी टोली ले ट्याक्टरमा प्लास्टिकमा प्याक गरेको तीनवटा ठूलो पोका र दईवटा सानो पोकामा गाँजा बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सन्तुलाल जैसवालले बताएका छ्न।
पक्राउ परेका ट्याक्टर चालक मिर्चैया नगरपालिका– १ का १९ वर्षीय सुन्दर कापर र २६ वर्षीय जितेन्द्र महतोलाई लाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय मिर्चैया सिरहामा राखिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।