मनोज कुमार तमोली २६ असोज, बाँके । जिल्लामा सरकारी कार्यालयका सवारी साधन खुलेआम दुरुपयोग भएको पाइएको छ । कार्यालयको कामको कारण देखाइ विभिन्न बहानाको आडमा कानुन मिच्दै सरकारी कार्यालयका सवारी साधन दुरुपयोग भइ रहेको घटना अगाडी आएको छ ।
बिहान ८ बजेको समयमा सरकारी कार्यालयका सवारी साधन नेपालगन्ज भाटभटेनीको मुल गेटमा ? व्यक्तिगत प्रयोजनका लागी सोमबार बिहान ८ बजेको समयमा सरकारी कार्यालयका सवारी साधन नेपालगन्ज भाटभटेनीको मुल गेटमा फेला परेको छ । भे १ ब ५४२ नं काे सरकारी मोटरसाइकल बिहान ७-८ बजेको समय अवधीमा भाटभटेनीमा पाइएको छ । मोटरसाइकलका चालकले आफुलाइ बर्दियाका रहेको बताएका छन । उनले आफू बर्दियाबाट मोटरसाइकल लिन नेपालगन्ज आएका बताएको भए पनि उनले बिहानको समयमा मोटरसाइकल बर्दिया लानु पर्नेमा उनको हातमा सपिङ गरिएको सामानबाट प्रष्ट देखिन्छ कि उनी व्यक्तिगत प्रयोजनका लागी नियम मिचेर सरकारी साधन प्रयोग गरि रहेका छन । ती व्यक्तिले आफ्नो नाम मनोज शर्मा र सम्पर्क कार्यालय बर्दियाका कर्मचारी रहेको बताए । सो साधनमा सवार साथी रहेको शर्माले परिचय दिए । सरकारी कार्यालयमा काम गर्ने समय बिहान १० बजे देखि बेलुका ५ बजे सम्म रहेको छ । तर सरकारले तोकेको कार्यालयको समय भन्दा अगाडि सरकारी सवारी साधन नेपालगन्ज सपिङ्ग मल भाटभटेनीको गेटमा उभिन्छन?
यस बारेमा आज प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक राजु भण्डारी संगको सोधपुछ गर्दा उहाँले भन्नू भयो ” नियम मिचेर सरकारी सवारी साधन दुरुपयोग गर्ने जो कोहि भए पनि हामी कार्वाही गर्नेछौं ।” तर सरकारी कार्यालयका सवारी साधन दिनहुँ खुलेआम दुरुपयोग भइ रहन्दा पनि सम्बन्धित निकाय उदासीन देखिएको छ ।