काठमाडौ १८ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालय नै कोरोना भारइरस सङ्क्रमणमा परेको छ ।
सचिवालयका चार जना, राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डाक्टर राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई सङ्क्रमण सङक्रमण भएको छ । चार जनालाई सङक्रमण भएपछि प्रधानमन्त्री ओली आइसोलेसनमा बस्नु भएको छ ।
उहाँको फेरि स्वाब संकलन गर्ने तयारी छ । विदेश मामिला सल्लाहकार डाक्टर भट्टराइले कसरी सङ्क्रमण भयो भन्ने विषयमा थाहा हुन नसकेको बताउनुभयो । प्रधानमन्त्री निवास बालुवाटारमा खटिएका ६७ सुरक्षाकर्मीलाई पनि कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण भएको छ ।
प्रधानमन्त्री ओली केही दिन भेटघाट बन्द गर्ने मनस्थितिमा हुनुहुुन्छ । गत बिहीबार गरिएको स्वाब परीक्षणमा भने प्रधानमन्त्री ओलीसहित श्रीमती राधिका शाक्यको रिपोर्ट नेगेटिभ देखिएको थियो ।
प्रधानमन्त्रीले सावधानीका साथ नै भेटघाट गर्दै आउनुभएकाले उहाँमा जोखिम कम रहेको विदेश मामिला सल्लाहकार भट्टराइको भनाइ छ ।