संजय कुशवाहा / नवलपरासी १६ असोज।प्रदेश नम्बर ५ को राजधानी बुटवलबाट दाङको भालुवाङ राख्ने प्रस्तावको गरेपछि पश्चिम नवलपरासीमा नेपाली कांग्रेसले विरोध गरेको छ।
राजधानीका लागि बुटवल नै उपर्युक्त भएको भन्दै पुर्व सान्सद देवकरण कलवारले ,प्रतिनिधि सभा १ का सभापति मुकुल आचार्य ,प्रभु यादव ,शन्जीत शर्मा , सतीश कुर्मी लगायतले विरोध गरेका हुन ।
पुर्व सान्सद कलवारले शुक्रबार कुनैपनि हालतमा प्रदेशको राजधानी बुटवल नै हुनुपर्ने बताउदै विज्ञप्ति निकालेर सरकारको प्रस्तावविरूद्ध कडा आन्दोलन सञ्चालन गर्ने बताएका हुन्।
‘संसदीय मर्यादाविपरीत विपक्षी सांसदहरूसँग विना कुनै छलफल र बहुसंख्यक जनताको भावनालाई कुल्चिँदै गरिएको प्रस्तावले हामीलाई निकै स्तब्ध र मर्माहत बनाएको छ। यस्तो प्रस्तावको खिलापमा कडाभन्दा कडा खालका आन्दोलनहरू सञ्चालन गर्ने जानकारीसमेत दिए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारका पालामा रूपन्देहीलाई प्रदेश ५ को राजधानी तोकिएको उल्लेखज गर्दै उनले त्यसबेला उक्त निर्णयको स्वागत गरेका जनतालाई हठात रूपमा आएको यस्तो प्रस्तावले स्तब्ध पारेको कलवारले बताए।