प्रदिप सिहं लहान १६ भदौ। बिश्व फैलिएका कोरोना भाईरस बाट आज फेरी सिरहामा एक जनाको धरानमा उपचारकै क्रममा मृत्यु भएको छ ।
मृत्यु भएका पुरुष ६५ मिर्चैया नगरपालिका वडा नम्बर ६ बस्नेको रहेको हो। उनलाई पैहिलै देखि उच्च रक्तचाप र मधुमेहको बिरामी रहेको जस्तो टाउको दुख्ने समस्या देखिएको चिकित्सकले जनाए।
उनलाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारकै क्रममा सोमबार राती मृत्यु भएको सिरहा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले बताए ।
यससँगै सिरहामा कोरोना संक्रमण बाट मृतकको संख्या ८ पुगेको छ ।