किशोर तमाङ्ग कञ्चनपुर, ९भदौ २०७७कञ्चनपुरको दक्षिणी क्षेत्रमा मेघगर्जनसहित मुसलधारे पानी सगै परेको चट्याङमा परि ३जना घाइते भएका छन्।
घाइते हुनेमा बेलौरी नगरपालिका वडा नम्बर १ बैशाखी निवासी करीब २३ वर्षीय लोकेन्द्र चन्द, २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही रहेको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरिक्षक रण बहादुर चन्दले जानकारी दिनुभयो।
घर नजिकै रहेको राधा मन्दिरमा बसी मोबाइल चलाइरहेको समयमा सोमबार राति ०८ः२५ बजे तिर अचानक मुसलधारे पानी सगै परेको चट्ट्याङ लाग्दा गम्भीर घाइते भएका छन्।
घाइते भएका तीनै जना मध्ये लोकेन्द्र चन्दको अवस्था भने गम्भीर रहेको निरिक्षक चन्दले बताउनुभयो।
बाँकी दुवै जनाको कम्मर मुनीको भागमा बढी समस्या देखिएकोले तीनै जनालाई थप उपचारका लागि कैलालीको धनगढीमा पठाइएको ईलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ ।