पर्सा ५ भदौ।पर्साकाे धोबिनी गाउँपालिका वार्ड नं २ आसवारी नाका बाट शस्सत्र प्रहरीले ठुलाे मात्रामा भारतिय कुखुराकाे चल्ला बरामद गरेकाे छ । शस्सत्र प्रहरी बाेर्डर आउट पाेष्ट भिखमपुर र शसस्त्र प्रहरी १३ न गणबाट खटिएकाे टाेलिले सुक्रबार बिहान चल्ला नियन्त्रणमा लिएकाे हाे ।
भारत को मैनाटाड रमपुर्वा गाउँ बाट ८ वटा साईकलमा लाेड गरि नेपाल को घोडदौरा अास्वारी नाकाबाट तस्कर समुले भित्र्याउँदै गरेकाे सुचना पाएपछी खटिएकाे टाेलीले साइकल सहित चल्ला नियन्त्रणामा लिन सफल भएकाे हाे ।
आठ वटा साईकल मा ६४ वटा कार्टुनमा ६ हजार पाँच सय कुखुरा लोडगरि राखेको भारतिय कुखुरा को चला लाई बरामद गरिएको सशस्त्र प्रहरी निरिक्षक किसमान तामाङ ले जनाए का छन। कुखुरा तस्कर हरु ले सशस्त्र प्रहरी टोली देखेर भारतिय कुखुरा बोकेको साईकल फालेर भागेको सशस्त्र प्रहरी निरिक्षक तामाङ ले जनाएका छन।बरामद गरिएको भारतिय कुखुरा को चला करिब ६ लाख बराबर को रहेको छ।बरामद गरिएको कुखुरा को चला सशस्त्र प्रहरी १३ नं गणमा पशु क्वारेनटाईनकाे प्रतिनिधिकाे राेहवरमा कागजी प्रकृया पूरा गरि जनप्रतिनिधि ,र स्थानिय हरु को रोहबरमा कुखुरा को चला नष्ट गरिएको सिमा सुरक्षा कार्यालय पर्सा का सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडका ले बताउनुभयाे ।
पर्सा जिल्ला काेराेनाकाे हसस्पाेट बनिरहदा र निशेधाज्ञा जारि रहदा पनि रातकाे समयमा सुरशक्षाकर्मिकाे अाँखा छलेर तस्कर समूह सिमामा सक्रिय रहेका छन ।