उर्मिला यादव नवलपरासी भदौ ३ गते।जिल्ला प्रहरी कार्यालय पश्चिम् नवलपरासीले भारतिय सिमावर्ती क्षेत्रबाटआज १ लाख २ हजार ७ सय ८०रुपैया मुल्य बराबरको अबैध मालसामान बरामद गरेको छ। प्रहरीका अनुसार सिमा प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरी टोलिले पाल्हिनन्दन गाउँपालिका वडा नम्बर १ शंकरपुरबाट उक्त मालसामान बरामद गरेको हो ।
भारतबाट अबैध रूपमा भन्सार छ्ली नेपाल तर्फ ल्याउदै गरेको कुर्ता सुरुवालको कपडा १० थान, दोपट्टा साडी ४ पिस, डिसहोमको सेटअप बक्स ६ थान, रिमोट र डाटा केवल ६–६ थान बरामद गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।
उक्त मालसामान मोटरसाइकलमा राखी ल्याउदै गर्दा प्रहरी टोलिलाई देखि सामान फालेर मानिस मोटरसाइकल सहित भागेका थिए । बरामद गरिएका सबै मालसामान आवश्यक कारवाहीका लागि महेशपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ ।