शम्भु चौधरी लहान ३ भदौ । आज कुशे औसी घरघरमा कुश भित्राउने दिन । आजका दिन पंडित,ब्राह्मण तथा अन्य जानकारहरु आ आफना घरमा कुश भित्राउने गर्दछ ।
कुश भगवान विष्णुको प्रिय तिन बृक्ष पिपल,तुलसी र कुश मध्ये एक हो । आजका दिन कुश भित्राए वर्षौ सम्म काम लागने गर्दछ । कुशलाई एक प्रकार घाँसको रुपमा माने पनि प्रत्येक शुभ काम कृयामा कुशको प्रयोग गरने गरीन्छ ।
बैद्धिक परम्परा अनुसार राम भगवानको परदादा दिलिप र रावणको युद्ध हुने बेला भयो तब दिलिपले कुश उखेलि नदिमा फयाकेको रावणले देखेका रहे छन अनि रावणले दिलिपलाई सोधेको रहेछ कुश किन नदिमा फाकेको अनि दिलिफले जवाफ दिए जंगलमा बाघले गाई खान खोजेको रहेछ यो कुशले बाघलाई लागेछ अनि बाघ मरे गाई बाँचे, अनि पानिमा फकेको अर्थ त्रिकुटमा (लंका) आगो लागेको छ यो पानिले त्याहाकोँ आगो निभाउछ, अति सुनेर रावण त्याहाबाट भागेर त्रिकुट गयोको भने धार्मिक मान्यता रहेको जानकारहरु बताउछन ।