शम्भु चौधरी लहान ३ भदौ । तत्कालिन नेकपा माओवादीका १० वर्षे जनयुद्धको पूर्वसन्ध्याका सहिद एवं क्रान्तिकारी नेता मास्टर साहेव, क। रामवृक्ष यादवको २६ औं स्मृति दिवस लाहान नगरपािलका २० हरीनगरामा वृक्षारोपन गरी मनाईयो ।
सिरहा १ क का प्रदेश सभा सदस्य लगन लाल चौरधरीले सहिद रामवृक्ष यादवको तस्विरमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरेका छन् । यस्तै नेकपा नगर समिति लहानले सहिद यादवको स्मृति दिवसमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजन गरेको थियो । श्रद्धाञ्जलिल कार्यक्रममा उपस्थित लहान नगरपालिका २० का वडा गणेश चौधरी नेकपा नेता विजय गुप्ता लगनयत नेता तथा कार्यकर्ताहरुले सहिद यादवको तस्वीरमा मल्यार्पण तथा अविर चढाई श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
कार्यक्रम लहान नगरपालिका २० हरीनगरा आधारभुत विधालयमा विभिन्न प्रजातिका विरुवा रोपि संचलन भएका थियो । विरुवा भू संरक्षण कार्यालय लहानले १५ सय विभिन्न प्रजातिका सहयोग गर्नु भएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य चौधरीले भने आज देखि २५ २६ साल पहिले यो देशमा परिवर्तन ल्याउन रामबृक्षको ठुलो योगदान रहेको थियो । रामबृक्ष गरीब जनताहरुको रगरगमा भिजेको थियो । प्रत्येक साल ठुलो महोत्सवको रुपमा मनाउदै आईरहेको दिवस यस वर्ष कोरोना महामारीको कारणले गर्दा सानै आकारमा भए पनि मनाउन पछि नपरेका वहाँले बताए ।
शहिद रामबृक्षकी सुपुत्री सुधा यादवको अध्यक्षता सम्पन्न भएको थियो ।