कृष्णा यादब वीरगंज १ भाद्र । नेपाल सरकारले लकडाउन लागू गरेपछी पर्सा जिल्लामा केही दिन पहिला अाउनुभएको सशस्त्र प्रहरीका पर्सा जिल्ला प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र खडकाले पर्सा जिल्लाको विभिन्न सिमानाकाहरुको अवलोकन गरि बिअोपी र बेशय केम्पहरुको ईन्चार्जाहरुलाई निर्देशन दिई जनतालाई लकडाउनको पालना गराउनको लागि पर्साको सम्पूर्ण युनिटलाई कडाईको साथ सबै नाका पुर्णरुपले बन्द गर्न निर्देशन दिनु भएको छ।
बिश्वब्यापी महामारी को रुपमा फैलीरहेको ९कोभेड(१९) नोबेल कोरोना भाईरस संक्रमण बाट बचाउनको लागि नेपाल सरकारले गरेको लकडाउन क्रम मा भारत बाट सिमा नाका हुदै चोरबाटो भई चोरीलुकी नेपाल मा भित्रने र नेपाल बाट लुकीचुरी भारतमा जाने मानिसहरुलाई सिमानाकामा आवत जावत गरनेलाई सशस्त्र प्रहरीबलले कडाईको साथ पर्साको विभिन्न नाकामा २ किलोमिटरको दुरिमा सशस्त्र प्रहरी खट्टाई आवत जावतमा कडाईको साथमा रोक लगाउन पर्साका सशस्त्र प्रहरी प्रमुख खडकाले निर्देशन दिनुभएको हो।
केही दिन पहिला अाउनु भएको सशस्त्र प्रहरी प्रमुखले पर्साको विभिन्न नाका, वीरगंज भन्सार , छपकैया, श्रिसिया , अलौ, अमरपर्टी, पकाहा, सबैठवा, भिस्वा , भिखमपुर , ठोरी लागाएतका नाकाहरुमा अाफै अवलोकन गरि बिअोपी , वेश केम्पका प्रमुखहरुलाई कुनै पनि मानिस भारत बाट नेपाल र नेपाल भारत बाट अोहर दोहर नगर्ने ठाडो निर्देशन दिदै यदि त्यसतो गरेको पाईएको खणडमा ठाऊको ठाऊ कार्यावाहि गरने निर्देशन दिएको सशस्त्र प्रहरी पर्साको प्रमुख सशस्त्र प्रहरी उपरीक्षक खडकाले बताउनु भएको छ।
सो अनुसार वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौको सिमानाकामा रहेको भन्सार नाकामा सो छेऊ छेउको ठाऊवाट खेतको बाटो हुँदै भारतवाट नेपाल र नेपालवाट भारत चोर बाटो भई अावत जावतमा सशस्त्र प्रहरीले कडाईको साथ पुर्णरुपले बन्द गरेको सशस्त्र प्रहरी बल बिअोपीको प्रमुख सशस्त्र प्रहरी निरीक्षक रबि थापाले बताउनुभयो।
नेपाल भारतको सिमामा पर्नै सबै नाकामा पुर्ण रुपले चोर बाटो समेतमा सशस्त्र प्रहरीलाई डिव्टिमा राखि अावत जावतमा रुक लगाऊदै कडाई गरिएको यदि त्यसतो केही भएमा तुरुन्तै कार्याबाहि गरने सशस्त्र प्रहरी उपरीक्षक खडकाले बताउनुभएको छ । यस सम्बन्धमा पर्साको सिमानाकामा बसोबास गर्दै अाएका स्थानियहरु संघ बुझदा नाकाबाट अावत जावत बन्द भएपछि निकै नै कठिनाइ भईरहेको बताएका छन्।त्यसतै अावत जावतमा सशस्त्र प्रहरीले रुक लगाउदै खेतीको समयमा एक किलो पनि मल खाद ल्याउने नदिएको र सिमानाका बन्द रहेकोले एसपी खडका सिमा अवलोकनले सिमानाका पुर्णरुपले बन्द रहेको स्थानियहरुले बताएका छन।
।
पर्सा जिल्लाको सिमानाकामा कडाई शान्ति सुरक्षाको अनुभुती दिलाउनका सशस्त्र प्रहरी उपरीक्षक खडका सशस्त्र प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका हुन्।सशस्त्र प्रहरी प्रमुख खडकाले प्रहरी ऐन बिपरीत कार्य गरेका प्रहरीहरुलाई तुरुन्तै ठाऊको ठाऊको कारवाही गर्ना बताउनुभएको छ ।
एसपी खडका अाफ्नो कार्यशैली र ईमन्दार कुशलताको कारणले अाफ्नो ब्याचको १ नम्बर अधिकारीको रुपले चिनिन्छ सशस्त्र प्रहरीको स्रोतले जनाएको छ।
पर्साका सशस्त्र प्रहरी उपरिक्षक खडकाले भन्छन् आफुले पर्सा प्रहरीमा प्रमुखको कार्यभार सम्भालेको दिन देखी सिमासुरक्षामा कडाई कायम राख्ने समेत दाबी गर्नुभएको छ ।