शम्भु चौधरी लहान ३० असार । सिरहाको धनगडीमाई नगरपालिका ३ दिलहरी नामले चिनिने दिलहरी पोखरीमा व्यत्तिगत रीसीबीको कारणले विष हाल्दा लाखौ मुल्य बराबरको माछा स्वाहा भएको छ ।
२०७५ सालमा धनगडीमाई नगरपालिकाबाट निकालिएको टेन्डर प्रकृया अनुसार सोहि नगरपालिका १ का शिवकुमार सहनीले २ लाख २५ हजारमा ३ वर्ष अवधीको लागी ठेक्का लिएको ठेकेदार सहनीले बताए ।
यहाँ म माथि दुश्मनि गर्ने मानिसहरु पनि छ किनकी पोखरीमा पानी हाल्न विधुतिय मिटर जढान गरेका थियौ २ दिन अगाडी सो मिटरलाई पनि तोडफोड गरी दिएका छन र आज पोखरीमा विष हालि दियो । कसै माथि शंका छ भने प्रश्नमा वहाँले भने मैले आखाँले देखे छैन को माथि शैका गर्नु ठेकेदार सहनीले बताए ।पोखरीका कोमन,ग्रास, सिलभर,रहु,नैनी भोकरा आदी जातका गरी करीब ६ देखि ७ लाख बराबरको माछा रहेकोछ । अहिले २ वर्ष भयो अहिले सम्म माछा ननिकालेको र अनुमान गर्नु पर्दा करीब ४, साढै ४ लाख बराबरको माछा मरेको सहनीले बताए ।
माछा मरेको कुरा सुन्दा स्थानिय बासिन्दा राजनितिकर्मी, ईलाका प्रशासन कार्यालय धनगढी,नगर प्रहरी,वडा १ र वडा ३ का वडा अध्याक्ष नगर प्रविधिक समेतको त्यस स्थलमा उपस्थित रहेको नेपालि कांग्रेसमा वडा संयोजक सुर्य नारायण यादवले बताए ।
माछा त वास्तविक रुपमा मरेकै हो तर पानीमा विष हालेको छ कि छैन त्यस बारेको जाँच नभईनजेल सम्म भन्न सकिदैन पानी वा माछा चेक जाँच गरे पछि मात्र भने अवस्था आउने धनगढीका कृषि प्रविधिक राम प्रसाद महतो बताए ।